नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा

Nepal Bank opens branch office in Surkhet Branch
Share It On:

४ जेठ, काठमाडौं ।

नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ ।

मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले उद्घाटन गरेका हुन् ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिएका छन् । यस्तै उनले उक्त शाखाले नाफा मुखी मात्र नभएर सहज ,शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *