वालिंङ नगरपालिकाकाे राजस्व खल्ती वालेटबाट तिर्न सकिने

Digital Wallet
Share It On:

१८ मंसिर २०७७, काठमाडौं ।

अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन्। खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झाैता गरेकाे छ ।

डिजिटल नेपालको सपनाको एक कदम नजिक ‘खल्ती’, स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाकाे राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने ।

नगरपालिकाका बासिन्दाले सम्पत्ति लगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले Khalti.com वेबपेज वा माेबाइल एपमा रहेकाे सरकारी सेवा ( Government Services ) मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीकाे भिड भइरहने नगरपालिकामा माेबाइलमा रहेकाे खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाकाे अपेक्षा छ ।

“डिजिटल नेपाल, समृद्धिको महाअभियान” नारा भएको खल्ती डिजिटल वालेटका संस्थापक तथा डाइरेक्टर अमित अग्रवाल यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास गर्नुहुन्छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *