वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम अब लाइन नबसी तिर्न सकिने

Digital Payments in Nepal

१९ मंसिर २०७७, काठमाडौं ।

वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावर मार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्।

भुक्तानी गर्न चाहनु हुनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी सरकारी सेवा ( Government Services ) मेनुबाट वैदेशिक राेजगार कल्याणकारी काेष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक राेजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ । वैदेशिक राेजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् ।

कल्याणकारी कोषमा यसरी जम्मा भएकाे रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूकाे हितमा प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here