भिभोको भी र वाई शृङ्खला अन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोनहरू

vivo V and Y series Smartphones

८ साउन २०७९, काठमाडौं ।

विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाई देखि भी सिरिज सम्मका विविध पोर्टफोलियो मार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ । सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका छन् जसले उत्कृष्ट कार्यसम्पादन मार्फत ग्राहकको अनुभव वृद्धि गर्दछ ।

स्मार्टफोनको बारेमा थप कुरा गर्दा, भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभव प्रदान गर्नमा केन्द्रित छ । अर्कोतर्फ, भी सिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्टफोनहरु हुन् ।

वाई र भी श्रृंखला अन्तर्गतका उत्कृष्ट उत्पादनहरू –

वाई५५ः

वाई५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजअँतर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ । यसमा भएको स्न्यापड्रेगन ६८० प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ ।

यो ५००० एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण रु ३३,९९९ मा देशभर उपलब्ध छ ।

वाई३३एसः

वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएका छन् । यसमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५० एमपी रियर क्यामेरा र १६ एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ ।

यसमा ५०००एमएएच ब्याट्रीमा र १८वाट फास्ट चार्ज छ । एक्सटेन्डेड र्याम २.० को साथ यसको ८जीबी र्यामलाई ४ जीबी सम्म बढाउन सकिन्छ । यो स्लिम र ट्रेंडी स्मार्टफोन मात्र रु २९,९९९ मा उपलब्ध छ ।

वाई२०एसः

एक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ ।

१३एमपी रियर क्यामेराले फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन् । यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोड मार्फत सिमलेस अनुभव प्रदान गर्दछ । यो मात्र रु २५,४९९ मा उपलब्ध छ ।

वाई२१ः

वाई२१ ८.० एमएम स्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमा पोट्र्रेट मोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरु छन् ।

यसमा ५००० एमएएच ब्याट्री र १८वाट फास्ट चार्ज छ । यो मात्र रु २२,९९९ मा देशभर उपलब्ध छ ।

भी२३फाइभजीः

भिभो भी२३फाइभजी एक मास्टरपीस हो जसले आफ्नो रंग परिवर्तन हुने विशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ ।

यसमा भएको रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारण यो रंग परिवर्तन सम्भव हुन्छ । यसबाहेक, भी२३ फाइभजी मा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकश पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८एमपी वाइड–एंगल क्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्वीरहरु खिच्छ ।

पछाडिको क्यामेरामा जीडब्लू १ इमेज सेन्सरको साथ ६४एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ । यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुन मात्र रु ५५,९९९ मा उपलब्ध छ ।

यदि तपाइँ आफ्नो आवश्यकता अनुरुपका स्मार्टफोन खोज्दै हुनुहुन्छ भने भिभोसंग तपाइँको लागि धेरै उत्कृष्ट विकल्पहरू उपलब्ध छन् ।

तपाईंले यी विकल्पमध्येबाट फोनहरू छनौट गरी नजिकको रिटेल च्यानलहरू तथा ई–कमर्स साइट मार्फत खरिद गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here