भिभो भी २३ ई र वाई ५३ एसको मुल्य घट्यो

२४ पुस २०७९, काठमाडौं।

भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी २३ ई र वाई ५३ एस मा भारी मात्रामा मुल्य घटाएको छ । भी २३ ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी २३ ई ८ जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ र भी २३ ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य रु ४१,९९९ बनाएको छ । त्यस्तै वाई ५३ एस को मुल्य रु ४००० ले घटाएर रु ३०,९९९ बनाएको छ । यो नयाँ मूल्य जनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने  “भिभोमा, हामी सधैं हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि हाम्रा उत्पादनहरू थप पहुँचयोग्य बनाउने तरिकाहरू खोजिरहेका हुन्छौं । भी २३ ई र वाई ५३ एस मा मूल्य घटेको घोषणाद्वारा हामी हाम्रा ग्राहकहरूका लागि यो प्रतिबद्धता पूरा गर्ने आशा गर्दछौं । यी दुबै लोकप्रिय स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेराहरू छन् जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्न मद्दत गर्दछ । हामी भिभोमा हाम्रा उत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौं ।”

भिभो भी २३ ई मा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । भी २३ ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी २३ ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here