आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

२४ पुस २०७९, काठमाडौं।

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार ग्राहकहरूले आइएमई पेको भिषा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्।

यो अफर आइएमई पेको फिजिकल भिषा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले राखेको छ।

ग्राहकहरुले यस अफर अवधिभर काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरूमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिषा कार्ड लिन पनि सक्ने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here