इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा

Tisaa Nepal
Share It On:

२५ पुस २०७९, काठमाडौं।

दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम संचालन गर्दै आफ्नो औपचारिक कारोबार शुरु गरेको घोषणा गरेको छ।

इन्स्टाग्राममार्फत गरगहनाहरुको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार शुरु गरेको घोषणा गरेको हो ।

नेवारी भाषाको शब्द टिसा अर्थात गहना लाई प्रयोग गरेर बिगत १ वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको टिसा नेपालले हरेक नेपालीसम्म आफ्ना उत्पादन पुर्याउने लक्ष्य लिएको छ।

सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उदेश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए।

हामीले लकडाउनको समयमा यो व्यवसाय शुरु गरेका थियौं। त्यसबेला अनलाइन कारोबार मात्रै हुने गर्दथ्यो, सहसंस्थापक वर्षा मानन्धरले भनिन्, अब स्थानीयहरुलाई बुटिक शोरुमबाट समेत सेवा दिनेछौं।

टिसा नेपालले काठमाडौं भित्र अर्डर आएको एक दिनमा नै आफ्ना उत्पादनहरु ग्राहकहरु समक्ष पुर्याईरहेको छ भने उपत्यका भन्दा बाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पुरा गर्दै आएको छ।

हामीले शुरुमा सानो स्केलमा सेवा दिईरहेका थियौं । तर ग्राहकहरुले हाम्रो गहनाहरु मन पराउनुभएको छ। सहसंस्थापक अनिश मानन्धरले भने, हामीले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा समेत नेपाली ग्राहकहरुलाई उत्पादन पठाईरहेका छौं।

टिसा नेपालले हाल ग्राहकहरुको माग र रुचिको आधारमा आधुनिक गरगहनाहरु तयार गर्ने र बिक्री गर्दै आएको छ भने आफ्नै डिजाइनहरुमा समेत गहना तयार गरिरहेको छ।

ग्राहकहरुलाई आधुनिक गहनाहरुको भेराईटि दिनका लागि कम्पनीले न्यूनतम ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरु उपलब्ध गराउँदै आएको छ।

महंगा सुनका गहना किन्न नसक्ने तर आधुनिक गहना मनपराउने युवा जमातलाई ध्यानमा राखेर टिसा नेपालले आफ्नो व्यवसाय संचालन गरिरहेको जनाएको छ।

सामाजिक संजाल इन्स्टाग्रामबाट मात्र बिक्री गर्दै आएको टिसा नेपालले भविश्यमा आफ्नै अनलाइन प्लेटफर्म समेत बिस्तार गर्ने योजना लिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *