विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा TVS NTORQ 150 सार्वजनिक
३० असोज, काठमाडौं।
नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ।
चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो 150cc Hyper Sport Scooter को दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा TVS का पारखी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। NTORQ परिवारकै सबैभन्दा शक्तिशाली नयाँ स्कुटर TVS NTORQ 150 को औपचारिक अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल, बालाजी अटोमोबाइल्स – TVS बुटवलका निर्देशक विशाल जैसवाल तथा बालाजु अटोमोबाइल्स – TVS बुटवलका निर्देशक श्री अभिनव थापा ले संयुक्त रूपमा गर्नुभएको थियो।
विपुल क्षेत्रीको कन्सर्टको उत्साहपूर्ण माहोलबीच सम्पन्न यस अनावरणले पश्चिम नेपालमा TVS NTORQ ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
TVS NTORQ 150 मा 149.7cc क्षमताको एयर-कुल्ड O3CTech इन्जिन जडान गरिएको छ, जसले 7,000 rpm मा 13.2 PS पावर र 5,500 rpm मा 14.2 Nm टर्क उत्पादन गर्छ।
यस स्कुटरले मात्र 6.3 सेकेन्डमा 0 देखि 60 किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ भने यसको अधिकतम गति 104 किलोमिटर प्रतिघण्टा रहेको छ। उत्कृष्ट पर्फर्मेन्स र गतिशील राइडिङ अनुभव चाहने राइडरहरूलाई लक्षित गरी यसलाई डिजाइन गरिएको हो।
स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको आकर्षक डिजाइनमा MULTIPOINT® प्रोजेक्टर हेडल्याम्प, एरोडायनामिक विङ्लेट्स, जेट-प्रेरित भेन्ट्स, रंगीन एलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा विशेष T-shaped टेल ल्याम्प समावेश गरिएको छ। यसको स्पोर्टी लुक, बोल्ड डिजाइन र विशिष्ट मफलर साउन्डले NTORQ ब्रान्डको रेसिङ DNA लाई झल्काउँछ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले भन्नुभयो, “TVS NTORQ ले आफ्नो उत्कृष्ट पर्फर्मेन्स, नवीन प्रविधि र आकर्षक डिजाइनमार्फत नेपालका युवा राइडरहरूमाझ छुट्टै पहिचान बनाउन सफल भएको छ।
NTORQ 150 को आगमनसँगै हामी यस अनुभवलाई अझ शक्तिशाली र प्रविधिमैत्री बनाउँदै अघि बढिरहेका छौँ। बुटवलमा विपुल क्षेत्रीको कन्सर्टको अवसरमा यस स्कुटरलाई सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ। संगीत, युवा पुस्ताको जोश र Hyper Performance को संयोजनले यस अवसरलाई अझ विशेष बनाएको छ।”
उहाँले थप्नुभयो, “बुटवल TVS का लागि एक महत्वपूर्ण बजार हो, जहाँ युवा तथा उत्साही राइडरहरूको संख्या निरन्तर बढिरहेको छ। NTORQ 150 को सार्वजनिकसँगै पश्चिम नेपालमा हाम्रो उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकहरूको पर्फर्मेन्स, स्टाइल र आधुनिक प्रविधिप्रतिको अपेक्षा पूरा गर्ने हाम्रो लक्ष्य रहेको छ।
बुटवल तथा आसपासका क्षेत्रका राइडरहरूमाझ यो नयाँ स्कुटरले विशेष स्थान बनाउने विश्वास लिएका छौँ।”
TVS NTORQ 150 मा TVS SmartXonnect™ प्रविधिसहित 50 भन्दा बढी कनेक्टेड फिचरहरू उपलब्ध छन्। यसमा टर्न-बाइ-टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थानको जानकारी, कल तथा म्यासेज नोटिफिकेसन र राइड मोडजस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।
For more: TVS NTORQ 150 in Butwal During Bipul Chhetri Concert

