सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
३० असोज, काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ ।
बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो। मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् ।
गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ । ब्याटिङमा बनाएको प्रत्येक रन बापत १ र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी पोइन्ट प्राप्त हुनेछ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आर्जित पोइन्ट सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन् । बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न सक्नेछन् ।
यद्यपि, संकलित पोइन्ट रिडिम गर्न सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ । यस पहलमार्फत बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता अभिवृद्धि गर्ने तथा बैंकिङ अनुभवलाई थप रोचक बनाउने उद्देश्य राखेको छ।
यसको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्m{त सम्पर्क गर्न सक्नुहुनेछ ।
For more: Siddhartha NPL Cricket Challenge App

