नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त

Tilakraj Pandey appointed as CEO of Nepal Bank
Tilak Raj Pandey has been appointed as the Chief Executive Officer (CEO) of Nepal Bank Limited

काठमाडौं, पुष ०७ ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले पाण्डेयलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।

अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् ।

पाण्डेयले नेपाल बैंकमा हुँदा  क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here