विनाशकारी बाढीपहिरो प्रभावित परिवार तथा समुदायको राहत तथा पुनस्र्थापनार्थ पद्यम ज्योति ग्रुपद्वारा रु. १ करोड सहयोग
१२ भदौ, काठमाडौं।
हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनस्र्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं ।
राहत, तथा पुनस्र्थापनाको काममा सकारात्मक योगदान पुर्याउनु कम्पनीको उद्देश्य हो ।”
विपत्तिपछि राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनस्र्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।
For more: Syakar Trading Donates NPR 10 Million

