बाराको निजगढमा सनराइज बैंकको ११५ औं शाखा संचालनमा

Sunrise Bank opening of Nijgad Branch

काठमाडौं, साउन २० ।

आफ्ना ग्राहकहरु लाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले निजगढमा ११५औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर, श्री सुरेश कुमार खनाल तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गर्नुभयो र निजगढ नगरपालिकाको उप–मेयर श्री लिलादेवी लामिछाने खनालले ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल सम्म सनराइज बैंकको ११५ वटा शाखा संख्या, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइ रहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here