सनराइज बैंकको ११६औं शाखा संचालनमा

Sunrise Bank extends its 116th branch in Naya Naikap

काठमाडौं, साउन २२ ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नैकापमा ११६औँ शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्दागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु श्री ई. बच्छ राज तातेड तथा श्री शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले ११६ वटाशाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here