ग्लोबल आइएमईको कार्डबाट अनलाइन सपिङ्ग गर्दा सेवा शुल्क नलाग्ने

Global IME Bank announces visa card free waiver in online shopping

काठमाडौं, साउन २०

ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ ।ग्लोबल आइ एम ई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अब देखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिना भित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधि युुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि / सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १३८ शाखा, १४८ एटि एम, ३० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १७६ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि /सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here