सनराइज बैंकको १२५ औं शाखा नवलपरासीको परासीमा

Sunrise Bank Limited Regarding 125th Branch Opened At Parasi
Share It On:

१५ मंसिर, २०७६, काठमाडौं ।

आफ्ना ग्राहकहरु लाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासी स्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर श्री नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा श्री जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानि गर्न प्रोत्साहन गर्नु भयो ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर श्री राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य श्री शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरु को पनि उपस्थिति रहेको थियो।

हाल सम्म सनराइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ८वटा एक्सटेन्सन काउण्टर र १४५वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *