एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्सको उपसभापतिमा बिबेक शमशेर राणा

Share It On:

१७ मंसिर, २०७६, काठमाडौं ।

नेपालका वरिष्ठ आइटी बिज्ञ श्री बिबेकशमशेर राणा एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम (APrIGF) को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। राना नेपालका अग्रज र वरिष्ठ आईटी बिज्ञ हुनुहुन्छ। उहाँ हाल ग्लोबल आइटी कन्सल्टिंग फर्ममा कार्यरत हुनुहुन्छ। उहाँले आइटी स्ट्राटेजी, साइबर सुरक्षा र जोखिम ब्यबस्थापन बिषयमा बिशेष दक्षता हाँसिल गर्नुभएको छ। उहाँले साइबर सुरक्षा र जोखिम व्यस्थापनमा प्राप्त गर्नुभएको विज्ञता र दक्षताको फलस्वरूप नै एशिया प्रशान्त क्षेत्रीय समितिमा उपाध्यक्ष्यमा नियुक्त हुनुभएको हो।

रानाले एमबीए , ई गभर्नेन्समा मास्टर्स र इलेक्ट्रिकल इञ्जिनियरङ्गि गर्नुभएको छ। राना विभिन्न सामाजिक र ब्यबसायिक संस्थाहरुमा पनि संग्लग्न हुनुहुन्छ भने कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) का पूर्ब महासचिब, साइबर सेक्युरिटीको क्षेत्रमा काम गर्दै आइरहेको संस्था एनपीसर्ट (npcert) का वरिष्ठ सलाहकार पनि हुनुहुन्छ। साइबर सेक्युरिटीको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने संस्था सेन्टर फर साइबर सेक्युरिटी अनुसन्धान एण्ड इन्नोभेसन ( Center For Cyber Security Research and Innovation ) मा उहाँ वरिष्ठ श्रोत व्यक्तिको रुपमा कार्यरत हुनुहुन्छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *