ओपोद्वारा अष्ट्रेलियामा खोलियो विश्वकै पहिलो फाइभ जी होटल

Share It On:

काठमाडौं, श्रावण २२, २०७६ ।

यदी तपाईँ प्रखर प्रविधि प्रेमी हुनुहुन्छ वा सुलभ मूल्यमै नविनतम विलाशि आरामदायी गेटअवेको चाहना राख्दै हुनु हुन्छ भने ओपोद्वारा अष्ट्रेलियामा सञ्चालनमा ल्याइएको फाइभजी होटल तपाईँका लागि उत्कृष्ट गणतब्य हुनसक्छ ।

फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबै सामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभ जी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अष्ट्रेलियाका विभिन्न फाइभ जी लोकेशन्सहरुमा पु¥याइने छ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए)बाट गरिने जानकारी दिइएको छ ।

यात्रुले फाइभजीहोटलबाट के–कस्ता सुविधाको अपेक्षागर्न सक्छन् ?

स्मार्ट (मिरर) ऐना–होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गरिएका छन् । यसलाई स्मार्ट उपकरण संग कनेक्ट गरी ताजा समाचार , शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्था पनि गर्न सक्छन् ।

सर्वसुलभ गेम– होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभ जी स्मार्टफोनको सहायताबाट गेमको भण्डार सम्म आफ्नो पहुँच बनाइआफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।

हस्त रहित कार्य सम्पादन– होटलमा उपलब्ध गरिएको रेनो फाइभ जी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्स बाट सुसज्जित छन् । पाहुनाले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै प्राप्तगर्न सक्छन् ।

संवर्धित वास्तविकताको अनुभव (एआर)–होटलले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुत पूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभ जी को अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल ए आर रनवे मार्फत पूर्वावलोकन गर्न सघाउँछ ।

बफर रहित मनोरञ्जन सुविधा– होटलमा फाइभ जी का माध्यमबाट मुटु छुने कन्टेन्टहरु डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् ।बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफि बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधा पनि यहाँ उपलब्ध छ ।

४० फिटे शिपिङ कन्टेनरबाट फ्युचरिस्टिक होटलमा रुपान्तरण गरिएको फाइभ जी होटल एचओटीएमा अगस्ट १ देखि ३० सम्मका लागि बुकिङ खुल्ला गरिएको छ । होटलको अभूतपूर्व अनुभव गर्न चाहनेले यसका लागि १ सय ५० अष्ट्रेलियन डलर खर्च गर्नुपर्ने हुन्छ । यसरी संकलित समग्र रकम स्थानिय च्यारिटीहरुमा जाने जानकारी दिइएको छ ।

म्याटब्ल्याक बाह्य सजावतलाई सुहाउँदो न्यूनतम आन्तरिक टच सहित फाइभ जी होटल,आफैमा एउटा क्लासी क्याविन झैँ देखिन्छ । तर, ती भन्दापनि बढी यस भित्र उपलब्ध गरिएका सेवा सुविधाले यसको पहिचानअझ फराकिलो बनाएको छ ।

होटलको विलाशी वान बेडरुम स्विट फाइभ जी क्लाउड गेमिङ, बफर रहित स्ट्रिमिङ, ईमर्सिभ एआर एप्स र स्मार्ट मिरर लगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित रहेका छन् । साथै एचओटीएमा फाइभ जी होटलका पाहुनाहरु ग्लो फेस्टिवल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रीन र गोल्ड कोस्टको ईस्टेडफुड लगायत अष्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको पनि मज्जालिन सकिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *