सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतीक्षालयको निर्माण

sunrise bank construction of passenger waiting zone

असार १८, काठमाडौँ।

सनराइज बैंक लिमिटेड भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतीक्षालयको निर्माण गरेको छ ।

आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष श्री बन्धु कार्की बैंकका शाखा प्रबन्धक भरत प्रसाई लगायतको उपस्थिती रहेको थियो ।

उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्क सम्म यात्रा गर्ने दैनिक सयौं यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

नगरपालिका प्रमुख गणेश कुमार पोखरेलज्यूले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सन्राइज बैंकलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here