सनराइज बैंकको १३०औं शाखा दोधारा चाँदनीमा

पौष २१ २०७६, काठमाडौं ।

सम्पूर्ण नेपालीहरुलाई बैंकिङ्ग पहुचमा समाबेश गरी उत्कृष्ट बैंकिङ्ग सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सनराइज बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा आज सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ ।

सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर श्री वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवले उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनु भयो । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिनु भयो ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here