माघ २४ गतेदेखि चितवनमा क्यान इन्फोटेक मेला

पौष २१ २०७६, चितवन ।

चितवनमा माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्स चोक स्थित तरकारी बजार क्षेत्रमा हुने मेला ५ दिन सम्म चल्ने छ ।

चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु), सफ्टवेयर, सुरक्षा सँग सम्बन्धित सामग्रीहरु, मोवाइल, स्मार्ट टि.भी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवं परामर्शदाताहरुका स्टलहरु साथै फ्री वाई.फाई जोन रहनेछन्।

क्यान चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी दिएको हो । क्यान चितवन शाखाका अध्यक्ष सन्तोषजनक भुषालले देश भित्र नै बसेर सूचना प्रविधिको क्षेत्रमा भविश्य बनाउन चाहाने युवा विद्यार्थीहरुको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्धेश्यले मेला आयोजना गरिएको बताए । मेलामा आइ.टी सम्बन्धी अन्र्तक्रिया, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता, जनचेतना मूलक कार्यक्रम तथा सेमिनार, रोवोटिक्स प्रर्दशनी, टोल विकास संस्थाका प्रतिनिधीहरुलाई आइटी अवयरनेश कार्यक्रम राखिने छ ।

नेपालमा नै बसेर सुचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विधार्थीहरुको प्रतिभा देखाउने तथा प्रोत्साहन गर्ने उदेश्यराखी Software तथा Startup हरुका लागि छुट सहित विशेष स्थानको व्यवस्था मिलाइनेछ । त्यसैगरि आई.टी. सम्बन्धी अन्तरक्रिया कार्यक्रम, “डिजिटल नेपाल” प्रविधि प्रदर्शनी तथा प्रतियोगिता, आई.टी. सम्बन्धि जनचेतना अभिबृद्धि हुनेगरि विभिन्न क्षेत्रका सूचनाप्रविधिमा काम गर्ने व्यक्ति, संघसंस्थाहरुलाई CyberSecurity सम्बन्धी सेमिनार आयोजना गरिनेछ । विभिन्न रोबोटिक्स प्रदर्शनी तथा प्रतियोगिता, अन्तरविधालय नृत्य प्रतियोगिता लगायतका विशेष आकर्षणका कार्यक्रमहरु रहनेछन्। साथै टोल विकास संस्थाका जनसमुदायहरुलाई IT Awerness गराउनका लागि सूचना प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरिनेछन्।

सूचना प्रविधिको विकास र विस्तारका लागि प्रेरित युवा पुस्ताहरुका नविन अवधारणाहरुलाई अझबढी परिस्कृत वनाउनका
लागि चितवनमा नै पहिलो पटक Hackathon आयोजना गरिनेछ साथै उत्कृष्ट प्रस्तोता समुहलाई पुरस्कृत गरिनेछ । प्रभु पे शीर्ष प्रायोजक रहेको यस संस्करणमा वर्डलिंक सहायक प्रायोजक, अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट प्लाटिनम, टेकमाइन्ड नेटवर्क डाईमण्ड, लर्डबुद्ध एजुकेशन फाउण्डेसन तथा भयानेट सिल्भर प्रायोजक रहेका छन् साथै अफिसियल इन्सुरेन्स प्रभु इन्सुरेन्स र आई.टी. पार्टनरमा ThakralOne रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here