फुडमाण्डु अनलाइन फूड फेस्टिवल शुरु, रु १ अफर

पुस २१ २०७६, काठमाडौं ।

फुडमाण्डु अनलाइन फुड फेस्टिवल आजादखि शुरु भएको छ । नेपालको फुड डेलिभरी जायन्टले आफ्नो गेमलाई अपग्रेड गरेको छ ।  फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गरिनेछ ।

नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर फुडमाण्डुले शुरुवात गर्दैछ,जसमा ग्राहकहरुले मोबाइल एप मार्फत सजिलै प्रवेश गर्न सक्नेछन् । फुड फेस्टिवलको डिजिटल अनुभवलाई भर्चुअल भौचरहरुले वास्तविक बनाउने जनाइएको छ ।

उनीहरुले प्रवेश पछि छिमेकमा भर्चुअल भौचरहरु खोज्नु पर्नेछ र त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ । शहरभरीका ३० रेष्टुरेन्टहरुले यो ७ दिने कार्निभलमा ग्राहकहरुलाई विभिन्न किसिमका प्रशन्न पार्ने पाक कला प्रदर्शन गर्नेछन् । कन्टिनेन्टल देखि एशियन, भारतीय देखि नेपाली, विश्वभरका व्यन्जनहरु उच्च छुटहरुमा अफर गर्नेछन् ।

नयाँ फीचर थप गरिएको बारेमा फुडमाण्डुका प्रमुख कार्यकारी अधिकृत निधान श्रेष्ठले भने, ‘प्रत्येक वर्ष हामी अनलाइन फुड फेस्टिवललाई अन्तरकृयात्मक बनाउन नयाँ फिचरहरु थप गरिरहेका छौं । पहिलो त यो अनलाइन अवतार हो र यो पटक अग्मेन्टेड रियालिटी आएको छ । ‘भौचर हंट’ एउटा अग्रगामी कार्य हो जुन हामीले ग्राहकहरुका लागि स्टोरमा राखेका हुन्छौं ।’

फेस्टिवलको ‘सबै रु १ अफर’ फेरी एक पटक आएको छ, यसमा फ्ल्याश डिल्सजस्ता लोकप्रिय अफरहरु छन् । सबै अफरहरु दैनिक तीन पटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग (एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् । फुड फेस्टिभलमा नयाँ अग्मेन्टेड रियालिटी फिचरको शिष्टाचारसँगै सहभागीतामा नयाँ छर्लाङ्ग देखिनेछ ।

यस पटक यसलाई अझ साधारण बनाउने प्रयास गरेका छौं, फुडमाण्डु अनलाइन फुड फेस्टिवल केबल एपमा मात्र उपलब्ध इभेन्ट हो जसको अर्थ ग्राहकहरुले उपलब्ध भएका अफरहरुमा कलेज, घर वा कार्यालय जहाँ भए पनि सहभागिता जनाउन सक्नेछन् । थप जानकारीका लागि फुडमाण्डुको फेसबुक पेज तथा वेबसाइटमा हेर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here