अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

Social Security Fund mou Khalti
Share It On:

२२ जेठ, २०७८ काठमाडौं ।

सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई  डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, श्री जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, श्री कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो । यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी  गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।

 “खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाइ विश्वास  छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सहि बनाउन  थप टेवा पुग्नेछ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भन्नुभयो । “उक्त सेवा संचालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाइ निकै सहज हुने अपेक्षा हामिले गरेका छौँ ” भुर्तेल ले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, श्री कपिलमणि ज्ञवालीले भन्नुभयो, “सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्ती सँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा  हामिले दिन पाएकोमा ज्यादै खुशि छौँ ।  यो सफलताको पछाडी व्यवस्थापक र प्राविधिक पक्षको ठुलो हात रहेको हुँदा वहाँहरुलाइ हृदय देखि नै  धन्यवाद दिन चाहान्छु  । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुबैको प्रतिष्ठा बढाउन थप मद्दत मिलेको छ” ।

१७ लाख भन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा  पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *