रुम्सन ग्रुपले “रुम्सन मनी” नामक वित्तीय सेवा सुरु गरेको घोषणा

Rumsan Group

२५ जेठ, २०७८ काठमाडौं ।

रुम्सन ग्रुप अफ कम्पनीले आफ्नो नयाँ वित्तीय  सेवा  रुम्सन मनी ल्याएको छ ।

उपयुक्त ऋण र बीमा खोज्नु सबै भन्दा  भ्रामक र जटिल प्रक्रिया हो। रुम्सन मनी  यो समस्याको केन्द्रित समाधान हो। यस फिन्टेक सेवाले  ऋण वा बीमाको आवश्यकता भएको व्यक्तिहरूलाई नेपालमा भएको  विभिन्न  बैंक र बीमा संस्थानको सेवा सुविधाहरु जस्तै ब्याज दर, घर कर्जा, जीवन बीमा नीति आदि बीच एकसाथ तुलना गर्न मद्दत गर्दछ।यसले ग्राहकहरुलाई सूचित निर्णय लिन मद्दत गर्दछ।

यो सेवाको माध्यमबाट ग्राहकहरूले ऋण लिन वा खाता खोल्न को लागि केवाईसी (KYC) फर्म हरु र आवश्यक  कागजातहरु सहित सजिलै आवेदन दिन सकिन्छ ।

आज विश्वव्यापी बजारमा वित्तीय क्षेत्र  डिजिटल संसारतर्फ अग्रसर हुँदै गर्दा  कोभिड महामारीको कारणले वित्तीय क्षेत्रले एक बर्षभन्दा बढी समयदेखि संकटको अनुभव गर्दै आएको तथ्यलाई हामीले बेवास्ता गर्न सक्दैनौं।  यही  महामारीका कारणले  सबैजना घर बस्न र घरबाट नै आफ्नो दैनिक कार्य गरिराख्ने बानीको विकास भएकोले   बैंक तथा वित्तीय क्षेत्रहरु पनि आक्रामक रूपमा डिजिटलाइजेशन तर्फ रूपान्तरण भइराखेको छ।

महामारीले गर्दा भौतिक उपस्थिति रूपमा बैंकहरू र बीमा कम्पनीहरूमा जानु एक चुनौतीपूर्ण प्रक्रिया बनेको छ। रुम्सन मनीद्वारा    हाम्रो उद्देश्य ग्राहकहरू र कर्मचारीहरूलाई सुरक्षित राख्दै उनीहरूलाई उचित अवसर प्रदान गरी आवश्यकताहरू पूरा गर्ने हो ।

रुम्सन मनीले बैंक र बीमा कम्पनीहरूलाई नयाँ  ग्राहक लिन पनि सहयोग पुर्‍याउँछ। ग्राहकहरूमा परिणत भएपछि संस्थाहरुले हाम्रो एआई(AI)  र ब्लकचेन (Blockchain)- द्वारा संचालित  रुम्सन केवाईसी (KYC) सेवाको माध्यमबाट अनबोर्डिंगको लागत कटौती गर्न पनि मद्दत गर्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here