महाबचत बजार अभियानका लागि दराज र कृषि विकास बैंकबीच सम्झौता

Shop with ADBL VISA cards
Shop with ADBL VISA cards or make online payments in daraz 

२, साउन काठमाडौं ।

कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट ,अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । दराज अनलाईन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।

सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १० प्रतिशत अधिकतम रु.१००० बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनिहरुले अब १५ प्रतिशत अधिकतम रु. १५०० को पनि छुट पाउनेछन्। ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ई-कम सेवा सकृय गर्नुपर्नेछ । कृषि विकास बैंक लि. र दराजबिच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाउने बैंकले बताएको छ ।

तोकिएको प्रि-पेमेन्ट छुटहरु महाबचत बजारको Live Period २०-३० जुलाईमा मात्रै उपलब्ध हुनेछ । तसर्थ, ग्राहकहरूलाई उनीहरूको बैंक कार्डहरूमा e-com सक्रिय गर्न आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here