कृषि बिकास बैंक र मोकोबीच सम्झौता

Agreement between Agricultural Development Bank and Moco
Agreement between Agricultural Development Bank and Moco

२ साउन काठमाडौं ।

कृषि विकास बैंक र फोकस वान पेमेण्ट सोलुसन्सबीच सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र फोकस वान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार भिजाकार्ड मोवाईलमा लिंक गरि भुक्तानी लिन सकिने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । फोकस वान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल युटिलिटी पेमेन्ट,रिचार्ज कार्ड,क्यूआर कोड मार्फत  पसलमा भुक्तानी तथा ब्यवसायिक भुक्तानी सेवालाई सहज बनाउने धारणा राखे ।

यो सेवा लागु भए पश्चात कृषि विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफनो कार्ड फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल एपलाई मोबाइलमा डाउनलाेड गरि युजर बन्न सकिने र आफनो कार्डको आवश्यक विवरण प्रविष्ट गरी सकेपछि सम्वन्धित कार्ड बाहक ग्राहकले भौतिक कार्ड विना नै सो एप मार्फत युटिलिटि पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर काेर्ड मार्फत सार्वजनिक सेवा वापतको भुक्तानी र ब्यवसायिक ग्राहकबाट खरीद गरेको बस्तु तथा सेवा वापत  आफनो मोवाइलबाट सहजै भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकले आफनो खातामा भएको मौज्दात रकमबाट मोको डिजिटल वालेट को एप मार्फतमा सम्वन्धित पक्षको खातामा भुक्तानी/जम्मा हुने भएकोले यो सेवा ग्राहक मैत्री रहेको बैकले जनाएको छ । यो सेवा संचालन पश्चात बैकको भुक्तानी सेवाको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको सेवा विस्तार भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here