कृषि विकास बैंकको भिसा डाइरेक्ट सेवा शुरु, रेमिट्यान्स पठाउने भरपर्दो माध्यम

Krishi Bikas Bank Launches Visa Direct for Reliable Remittance Sending
Share It On:

३, साउन काठमाडौं । 

कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ ।

कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ ।

यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर Visa Card Holder ले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सकिने छ ।

यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिजा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *