सानिमा बैंक दिर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान

Sanima Dirghayou Bachat

१ भदौ २०७८, काठमाडौं ।

सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उहाँका हकवाला तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो ।

बिमाको रकम तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गर्नुभयो।
मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here