ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

DCEO Surendra Raj Regmi

१ भदौ २०७८, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गर्नुभएको छ । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला /खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्नुहुन्छ ।

वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here