टेलिकमको चालु आव २०७७–७८ को चौथो त्रैमासिक वित्तीय विवरण सार्बजनिक

NTC
Share It On:

३० साउन २०७८ काठमाडौं ।

नेपाल टेलिकमको ..२०७७/७८ को चौथो त्रैमासिकको वित्तीय विवरणको सारांशः

  • गत आ.व. को आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवा वापतको आय रु. ३४ अर्व ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल सेवा वापतको आय रु. १ अर्व २८ करोड ३७ लाख ६९ हजार (३.७० प्रतिशत ) ले वृद्धि भई रु. ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार रहेको।
  • गत आ.व. को चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ७ अर्व ७८ करोड ३३ लाख २० हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा कुल सेवा वापतको आयमा रु. ६६ करोड ९० लाख ६० हजार (८.६० प्रतिशत ) ले वृद्धि भई रु. ८ अर्व ४५ करोड २३ लाख ८० हजार रहेको।
  • चालु आ.व. को तेस्रो त्रैमासिक अवधि सम्ममा खुद मुनाफा रु ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा रु. १ अर्व ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई रु ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको ।
  • गत आ.व. को चौथो त्रैमासिक अवधि सम्मको खुद मुनाफा रु ९ अर्व ७४ करोड ८९ लाख ५६ हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा खुद मुनाफा रु ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको । चालु आ.व.मा मुनाफामा कमी आउनुका प्रमुख कारणहरु निम्नानुसार रहेको :-

क. Covid-19 को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको।

ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आएको ।

ग. Covid-19 को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा Data Package उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा Data को Consumption बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको।

घ. Covid-19 महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा OTT को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको।

ङ. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा 4G/FTTH जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *