सामसङको ग्यालेक्सी एस२० अल्ट्रा बजारमा

Galaxy S20 Ultra

१० असार २०७७, काठमाडौँ

फोटोग्राफीको परिभाषालाई परिवर्तन गर्न सामसङले हालै Galaxy S20 Ultra फोन बजारमा प्रस्तुत गरेको छ।  सामसङको Galaxy S20 Ultra फोनमा  AI क्यामराको साथ अभूतपूर्व प्रविधिको संयोजन गरिएको छ।

नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड, सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ Galaxy S20 Ultra फोन प्रस्तुत गरेको छ। कम्पनीले यो फोन आफ्नो  S20/S20+को अपार सफलता एवं विश्वास पछि प्रस्तुत गरेको हो।

यसमा कम्पनीले नयाँ क्यामरा आर्किटेक्चर AI लाई समावेश गरेको छ। सामसङको AI मा भएको वृहत् इमेज सेन्सरले उच्चस्तरीय फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ। यसको साथै यस फोनले सहज एवं राम्रो तरिकाले व्यक्तिगत संगीतको मनोरञ्जनको अवस्थामा पनि विभिन्न खेलहरुको मज्जा लिन सकिन्छ।

“व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउनकै लागि सामसङले नयाँ जेनेरेसन डिभाइसहरु Galaxy S20 Ultra ले सहज एवं राम्रो तरिकाबाट आफ्ना प्रियजनहरुको जीवन्त अनुभवहरुलाई कैद गर्ने क्षमता प्रदान गरेको छ।” सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो।

फोटो खिच्ने तरिकालाई परिवर्त गर्दै स्मार्टफोनबाट अब फोटो खिच्नु भन्दा बढी, हामी हाम्रो जीवनका पलहरुलाई कैद गरी आत्मकथाका रुपमा प्रस्तुत गर्दछौं, नयाँ स्मार्टफोन किन्नुको प्रमुख कारण पनि यही हो। त्यसैले Galaxy S20 Ultra को डिजाइन नयाँक्यामरा सिस्टमको साथगरिएको छ जसमा AI को साथअझै राम्रो इमेज सेन्सरको प्रयोग गरिएकोछ, जसले गर्दा हरेक क्षणहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ।विस्तृत विवरण सहितको आश्चर्यजनक फोटो खिच्ने क्षमता Galaxy S20 माभएको वृहत इमेज सेन्सरले उच्चतम रिजोलुसनको फोटो खिच्दछ। कुनै पनि फोटोलाई एडिट, क्रपिङ्ग तथा जुमिङ्ग गर्न थप सहजता प्रदान गर्दछ। यो स्मार्ट फोनमा १०८ मोगापिक्सलको क्यामरा रहेको छ ।

यसमा भएको अर्को सुविधा भनेको वृहत् सेन्सर हो, यसले धेरै प्रकाश लिने गर्दछ, जसले गर्दा कम उज्यालको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ। यसमा भएको सेटप फिचरले क्यामरालाई अधिकतम १०८ मेगापिक्सलको मोड र १२ मेगापिक्सलको मोडमा तय गर्ने सुविधा प्रदान गर्दछ। Nona-binning प्रविधिको संयोजनले एक सेन्सर लेभलमा नौ पिक्सल राख्न सक्दछ।

अभूतपूर्व जुम क्षमताः Galaxy S20 Ultra को स्पेस जुम प्रविधिले हाइब्रिड अप्टिक जुमतथा सुपर रिजोलुसन जुमलाई आत्मसाथ गरेको छ,जहाँ AI पावर्ड डिजिटल जुमले जति नै टाढा रहेको अवस्थमा तपाई नजिकै ल्याई फोटो खिच्न सक्नुहुन्छ। यसमा अद्वितीय फोल्डेड लेन्स राखिएको छ, जसबाट मल्टि इमेज प्रोसेसिङ्ग गरी इमेजको गुणस्तरीयता कायम गरी जुमगर्न सकिन्छ। यसबाट १०० ह को जुम गरी सफाफोटो खिच्न सकिन्छ।

सिंगलटेकः क्यामराबाट लिइएको एउटै टेकलाई विभिन्न प्रकारमा लिन सकिन्छ। यसको क्यामरामा भएको AI प्रविधिले, विभिन्न संख्यामा फोटो तथा भिडियोहरु खिच्छद, जस्तैः यसबाट लाभइ फोकस, कर्पड्, अल्ट्रावाइड तथा अन्य धेरै उत्कृष्ट प्रकारहरुमा आफ्ना क्षणहरु कैद गर्न सकिन्छ।

उच्चस्तरीय फिल्मिङ क्षमता Galaxy S20 Ultra ले 8K भिडियो खिच्ने क्षमता राख्दछ, यसले गर्दा प्रयोगकर्ताले उच्चस्तरीय एवं प्राकृतिक संसारलाई जस्ताको तस्तै कैद गर्न सक्नुहुन्छ। आफूले भिडियो खिचिसके पछि त्यसलाई सामसङको QLED 8K मा उच्चस्तरीय अनुभवका साथ हेर्न सकिन्छ र त्यहाँबाट हाइरेज फोटोमा परिवर्तन गर्न पनि सकिन्छ। यसमाभएको AI मोसन एनालिसिस साथ सुपर स्टेडी तथा एन्टि रोलिङ्ग स्टेविलाइजेशजले एक्सनक्यामले खिजेको जस्तै गरी खिच्न सकिन्छ।

तपाइँलाई मनपर्ने भन्दा, बढी गर्नुहोस्ः

फोनमा सहज एवं उत्कृष्ट रुपमा सोचेभन्दा धेरै गर्न सकिन्छ। यसमा भएका विभिन्न फिचरहरु तथा अन्य विभिन्न सेवा प्रदायकहरुसँग गरिएको साझेंदारीका कारण अझै बढी सुविधा प्राप्त गर्न सकिन्छ। यो फोन आज कसरी फोनको प्रयोग गर्ने भन्न ग्राहकहरुको लागि निर्माण गरिएको हो। युट्युवः 8K भिडियोको लागि सामसङले युट्युव सँग सहकार्य गरेको छ, यसबाट तपाइँले आफ्नो भिडियोहरु संसार सामु सहजै सेयर गर्न सक्नुहुनेछ। तपाइँले मोबाइलमा खिचेका भिडियोहरु सोझै युट्युवमा अपलोड गर्न सक्नुहुनेछ।

गेमिङ्गः यसमा नयाँ जमानाको गेमिङ्गको मज्जा लिन सकिन्छ। यसको 120Hz डिस्प्लेले कुनै पनि गेम खेल्दा स्मुथ गेमिङ्गको मज्जा दिन्छ। फोनमा भएको फास्ट प्रोसेसर, १२ जिवी ¥याम, AKG अडियो तथा गेम बुस्टर जस्ता विशेषताले फोन चलाउनुको वेग्लै अनुभव प्रदान गर्दछ।

मूल्य तथा उपलब्धता Samsung Galaxy S20 Ultra फोन जुन महिनाको २३ तारिख देखि नेपालका सामसङ ब्राण्ड स्टोरहरु मार्फट विक्री गरिने छ। यो फोनको नेपाली बजारमा मूल्य रु. १५९,९९९ तय गरिएको छ। यो फोनसेट विभिन्न दुई कलर कस्मिक ब्ल्याक तथा कस्मिक ग्रेमा उपलब्ध हुनेछ। Galaxy S20 Ultra को खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस्प्लस प्राप्त गर्न सक्नुहुनेछ, इ.एम.आइ. को सुविधा, १ वर्ष सम्मको ब्रेकेज इन्स्युरेन्स तथा एक्स्चेन्ज सुविधा पनि प्राप्त गर्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here