मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

muktinath bikas bank waivers the loans of deceased loanee

९ असार २०७७, काठमाडौँ

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनु भएको  बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिना धितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९/– मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३/- र काजक्रिया खर्च बापतको रकम रु.५,०००/- समेत गरी जम्मारु.२,०८,४८३/- (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र ) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख  सन्तोष तिवारी र साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख  ढुण्डराज पौडेलले मृतककी छोरी  विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी  तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समुहमा आवद्ध र बिना धितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काज क्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here