नयाँ एक्सप्रेस म्यूजिक फोन नोकिया ५३१०

Nokia 5310 Specifications

 १० असार २०७७, काठमाडौँ

नेपाली बजारमा एकदम लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ। नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले मोबाइल नेपाली बजारमा ल्याएको छ।

म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो। नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हुने कम्पनीको दावी छ।

नोकिया ५३१० फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ। यसको बक्समा एयरफोन पनि राखिएको छ। यसमा २.४ इन्चको डिस्प्ले र पछाडि क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम.अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० mAh को बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ।

नोकिया ५३१० को बजार मूल्य रु.५,४४९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ। साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।

Nokia 5310 Specifications highlights:

Display: 2.40-inch

Rear Camera: VGA-megapixel

RAM: 8MB

Storage: 16MB

Battery Capacity: 1200mAh

OS Series: 30+

Resolution: 240×320

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here