सामसङको ग्यालेक्सी M21 जसमा ६००० mAh को ब्याट्री, ४८ मेगापिक्सल क्यामरा

Samsung Gaalxy 21 Price Nepal


शनिबार, जेठ २४, २०७७

नेपालको सबैभन्दा ठूलो एवं सबैभन्दा विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड, सामसङले हाल #WattaMonster ग्यालेक्सी M21 स्मार्टफोन प्रस्तुत गरेको छ। यो फोनमा कम्पनीको अग्रणी 6000 mAh ब्याट्री, शक्तिशाली 48 मेगापिक्सल रियर क्यामेरा तथा 16.21 cm (6.4) सुपर एमोलेड डिस्प्ले रहेको छ।
ग्यालेक्सी M21 को यूएसपी यसको अतुलनीय 6000 mAh ब्याट्री नै हो, जुन दिन र रात सहजै चल्दछ। यसमा टाइप सी फास्ट चार्जिंग सुविधाले अन्य साधारण चार्जिङ्गको तुलनामा ३ गुणा स्पीड बढाइदिएको छ। मोबाइको बक्समा 15 वाटको चार्जर पनि उपलब्ध रहेको छ।
ग्यालेक्सी M21 मा उत्कृष्ट सुपर एमोलेड 16.21 cm (6.4″) Full HD+ डिस्प्ले रहेकोछ, जसले प्रयोगकर्ताहरूलाई जीवन्त दृश्यावलोकनको अनुभव प्रदान गर्दछ ।
यस फोनमा एक बहुआयामिक एवं शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली रहेको छ, जसले जस्तो सुकै अवस्थमा पनि आश्चर्यजनक फोटो खिच्ने क्षमता प्रदान गर्दछ।

ग्यालेक्सी M21 को प्रमुख क्यामरा 48 मेगापिक्सलको साथ एफ 2.0 अपर्चरको साथ रहेको छ। यसमा 8 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेराको साथ 123 डिग्री फिल्ड अफ भ्यु रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ ।
तेस्रो 5 अनुभव प्रदान गर्दछ।
मेगापिक्सेल डेप्थ क्यामेराले प्रयोगकर्ताहरूलाई लाइभ फोकस शटहरूको छुट्टै वस्तु एवं पृष्ठभूमि कैद गर्न मद्दत गर्दछ। यसमा भएको 20 मेगापिक्सल क्यामराको सुविधा एवं अन्य विभिन्न क्यामरा मोडहरुले ग्यालेक्सी M21 बाट उत्कृष्ट सेल्फी लिन सकिनेछ।

“ग्यालेक्सी M नेपालमा आम युवावर्गहरु माझ छोटो अवधिमा सामसङले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सफल भएको छ। आज ग्यालेक्सी M एउटा उत्कृष्ट एवं ग्राहक केन्द्रित स्मार्टफोनका रुपमा स्थापित भएको छ। ग्यालक्सी M21 श्रृंखलामा हरेक कुराहरु उत्कृष्ट रहेका छन्।

यसमा एक शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामेरा एवं एक ठूलो स्क्रिन छ जुन नेपालका जेन जी तथा नयाँ पुस्ताका लागि धेरै आकर्षक रहेको छ ।” सामसङ बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो।
ग्यालेक्सी M21 मा सामसङको Exynos 9611 Octa-core प्रोसेसर रहेको छ जसले नकेवल राम्रो नेटवर्क स्पीड प्रदान गर्दछ, यसले सहज मल्टिटास्ङिको जीवन्त अनुभव पनि प्रदान गर्न सक्षम रहेको छ। यसको Exynos 9611 चिपसेटको साथ AI पावर्ड गेमबुस्टरले फ्रेम दर र स्थिरतालाई अझै सुधार गर्दछ । प्रयोगकर्ताले आफ्नो मनपर्ने खेलहरू खेल्दा यो फोनले अत्यन्त कम पावर खपत गर्दछ। ग्यालेक्सी M21 दुई मेमोरी कन्फिगरेसनहरू 4/64 GB र 6/128 GB मा उपलब्ध रहेका।

ग्यालेक्सी M21 को पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि छ यसले प्रयोगकर्तालाई अझै बढी सुरक्षा एवं सहजै अनलक गर्ने सुविधा प्रदान गरेको छ।

अलाइभ इन्टलिजेन्स
सामसङ ग्यालेक्सी M21 विभिन्न विषयवस्तु एवं एप्लिकेशनहरु सञ्चालन गर्दा अलाइभ (जीवन्त) अनुभव प्राप्त हुन्छ ।
यसमा भएको फाइन्डर जस्तो सुविधाले मोबइल फोनमा भएका विषयवस्तुहरुलाई तुरुन्तै खोज्न सकिने (जीवन्त) सुविधा प्रदान गरेको छ । यसको फाइन्डरको साथ प्रयोगकर्ताहरुले विषयवस्तु, इकमर्स, फुड तथा उपलब्ध ट्रभल डोमेनहरु सहजै खोज्न सक्नुहुने।
यसमा भएको अर्को स्मार्ट कर्प सुविधाले स्क्रिन सटहरुलाई अलाइभ (जीवन्ता) प्रदान गर्दछ । यसले स्वतः कर्प गरिएको विषयवस्तुको पहिचान गरी ब्लक /इमेजमा परिणत गर्दछ । सहज ट्याप, स्मार्ट कर्पको साथ सेभ गर्न सकिन्छ र यस्तो विषयवस्तु शेयर एवं सम्पादन गर्न पनि सकिन्छ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी M21 मेमोरी अनुसार दुई मूल्य तोकिएको छ, जस अनुसार 4/64GB को मूल्य रु. 22,999/- तथा 6/128 को मूल्य रु. 27,499 तोकिएको छ। यी फोन June 4, 2020 देखि नेपाल आधिराज्यभरका सामसङ ब्राण्ड स्टोरहरुबाट उपलब्ध हुने छन्।

Specification sheet

Display16.21 cms (6.4″) FHD+ sA Infinity-U
Dimension (mm) / (g)159 x 75.1 x 8.9 / 188
APExynos 9611 (Upt0 2.3 GHz Octa-core processor)
CameraFront20MP (f/2.0)
Rear48+8+5MP (f/2.0)
Memory RAM + ROM (GB)4+64 / 6+128
Battery (mAh)6000mAh (15W)
FingerprintRear

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here