सामसङ नेपालले ७००० mAh ब्याट्रि युक्त Galaxy M51 स्मार्टफोन नेपाली बजारमा

Galaxy M51 in Nepal

१ पुस २०७७, काठमाडौं ।

नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो M सिरिज अन्तर्गत Galaxy M51 स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । शक्तिशाली एवं प्रिमियम स्मार्टफोन प्रविधिलाई आत्मसाथ गर्नुहुने ग्राहकहरुलाई अझै उपयुक्त हुनेछ ।

यसमा नेपालमै पहिलो पटक ७०००mब्ज को ब्याट्रिको साथ Snapdragon ७३० जी रहेको छ । यसमा ६.७ इन्च को sAMOLED प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । यसले दृश्यावलोकनको लागि जीवन्त अनुभव प्रदान गर्दछ । साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको छ ।

Galaxy M सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । Galaxy M51 प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं । सदैब नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ । यसमा M सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन् । यसमा ७००० mAh को ब्याट्रि राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताहरुले यसको क्याम्पेन लाइन Meanest Monster Ever लाई समेत पुष्टि गरेको छ । सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो ।

शक्तिशाली Snapdragon ७३० जी को आधार रहेको छ, जसले गर्दा सामसङ Galaxy M51 फोन आफैमा रोमाञ्चकारी बन्न पुगेको छ । यसमा इन्टलिजेन्ट अन डिभाइस Qualcomm® AI Engine, Qualcomm® Snapdragon Elite Gaming™ जस्ता सुविधाहरु तथा Snapdragon ७३० जी को साथ HDR गेमिङ्ग 4K HDR भिडियो क्याप्चर जस्ता सुविधाले वास्तविकता प्रदान गर्दछन् भने M51 मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिन्छ ।
For more details: Click Here

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here