जापान र केरियाबाट खल्तीमा सिधै रेमिटान्स पठाउन सकिने
असार १२, २०७७
खल्ती मेावाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ। खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो।
खल्तीले यी दुइ मुलुकबाट मेवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ।
जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा अफन्तको खल्ती मेवाइल खातामा सिधै रकम पठाउन सक्ने छन्। उता काेरियाबाट भने रकम पठाउन चाहनेले मेवाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन्। त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन्।
सिटिका जापानमा टेकियो सिन्जुकु-कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन्। यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा शाखाहरू रहेका छन्।
सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र काेरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेकाे जानकारी दिनु भयाे । ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेकाे अबस्थामा माेवाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएकाे छ’, उहाँले भन्नुभयाे, ‘विस्तारै अन्य मुलुकबाट पनि माेवाइल वालेटमै रेमिटान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छाैं।
खल्तीका निर्देशक अमित अग्रवाल जापान र काेरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाइ निकै सहज हुने बताउनु हुन्छ । ‘माेवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाद्यता थियाे,’ उहाँले भन्नुभयाे, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियाे।
अब माेवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन। तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जाे टार्न सजिलाे हुनेछ।