ओपो टीडब्ल्यूएस इयरफोन्सको चीनमा प्याटेन्ट दर्ता

TWS earphones

सोमबार, असार १५, २०७७

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस ईयरफोन, एन्को फ्रि सार्वजनिक गरेको छ। गत बर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो। यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हातपार्ने सोचका साथ थप ईयरबड्स पनि सार्वजनिक गरिसकेको छ। यही क्रममा ओपो वायरलेस ईयरबड्स चाइनिज प्याटेन्ट अफिस संग प्याटेन्ट गरिएको छ।
प्याटेन्ट गरिएको ईयरबड्समा ईन(इयर डिजाइनका साथै यही महिनाको सूरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू ५१ टीड ब्ल्यू एस ईयरफोन्समा झैँ स्टेमको प्रयोग गरिएको छ। यी दूई उत्पादनमा रहेका प्रमुख भिन्नताको कुरा गर्नु पर्दा प्रमाणित यस मोडलमा एन्को डब्ल्यू ५१ को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ। ईयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ। साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट(आउट डिजाइन पनिअपनाइएको छ।
प्रमाणिकरण सुचीमा ईयरबड्स सम्बन्धि विस्तृत विवरण दिइएको छैन। तथापी, यसमा एक्टिभ न्वाइजक्यान्सिलेसन तथा डिप बास लगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ। छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोन पनि निकै सम्बेदनशिल हुने अनुमान लगाउन सकिन्छ। साथै, ब्ल्यूटूथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित तिकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्राय छ।
साथै, डिजाइनमा चार्जिङ केस मार्फत ईयरबड्स चार्ज गर्नका लागियसमा रहेका छोटा स्टेममाउकजोडी पोगो पिन्सको ब्यवस्था समेत हुने अनुमान सहजै लगाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here