साओमीको रेडमी नोट ७ बजारमा, उत्कृष्टताको साथमा ४८ मेगापिक्सल क्यामेरा

Redmi Note 7 & Redmi 7 launched in Nepal

काठमाडौ, चैत २२

विश्व प्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फड्को मार्दै उच्चतम प्रविधियुक्त रेडमी सिरिज अन्र्तगतको रेडमी नोट ७ र रेडमी ७ एकसाथ बजारमा ल्याएको छ ।
आश्र्चयजनक स्तरको अनुभव प्रदान गर्ने रेडमी नोट ७ को र प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरुको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउयुक्त रहेको छ । यो फोन स्पेस ब्ल्याक्, नेप्चुन ब्लू र नेबुला रातोमा उपलब्ध छ भने ३ जिबि, ३२ जिबिको २१,९९९।–, ४ जिबि, ६४ जिबिको २४, ९९९।– र ४ जिबि, १२८ जिबिको २६,९९९।– बजार प्रबद्धन मूल्य रहेको छ । रेडमी ७ न्यून मूल्यमा उच्च कार्य बहन क्षमता रहेको फोन हो जसमा, क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन, अत्तिरिक्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वनी क्षमता रहेको छ । रेडमी ७.२ जिबि १६ जिबिको १४,९९९।–, ३ जिबिको १६,९९९।– बजार प्रबद्र्धन मूल्य रहेको छ ।
नेपालको लागि साओमीको तर्फबाट कन्ट्री जनरल म्यानेजर शौरभ कौठारी भन्छन्, रेडमी नोट ७ र रेडमी ७ ले यहाँको ग्राहकबर्ग र प्रशंसकहरुको ध्यानलाई मध्यनजर गरि उत्कृष्ट गुणस्तर, उचित मूल्य र असाधारण प्रविधियुक्त टेक्नोलोजी अपनाएको छ ।

Watch the Video: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here