ओपो एफ ११ प्रो मा पानारोमिक स्क्रिनको प्रयोग, अदृतिय अनुभव प्रदान गर्ने उद्देश्य

Share It On:

चैत्र २५, काठमाडौं, नेपाल ।

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ ११ प्रो मा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुनेछ । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफनाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नव प्रबर्तनात्मक प्रविधिहरु पनि उपलब्ध गरिनेछ । सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रो मा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।

पानारोमिक स्क्रिन र सब लाइम प्राकृतिक सौन्दर्यका लागि प्राकृतिक ग्राडियण्ट डिजाइन

‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाः सम्भव तरल र सुब्यवस्थितयी डिजाइन सहितको एफ ११ प्रो को बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ । फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागत मोबाइल संग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ ।
विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्र बर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापितगर्न कम्पनी अग्रसर देखिएको छ ।

मोबाइलफोन भनेको सञ्चार उपकरण मात्र नभइ कलाको एक प्रखर नमुना पनि हो भन्ने ओपोको सदैव विश्वास रहँदै आएको छ । फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनि यही विश्वासलाई निरन्तर्ता दिइएको छ । साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’ मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *