ओप्पो ‘एफ ११ प्रो’ र ‘एफ ११’ नेपालमा सार्वजनिक गर्ने तयारी

Oppo F11 Pro coming soon

चैत्र २०, काठमाडौं, नेपाल । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरामार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ । उपभोक्तालाई थप आरामदायी र त्रुती रहित प्रयोग अनुभव उपलब्ध गराउने उद्देश्यका साथ नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फञ्सनका साथै एफ ११ मा विभिन्न नव प्रबर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधा पनि उपलब्ध गरिएका छन् ।

सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर

विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नव प्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ ।ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समय संगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नव प्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकला लाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नव प्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनीअग्रसर देखिएको छ ।

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कम प्रकाश भएका स्थानमा तस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड
ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ ११ र एफ ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ ११ र एफ ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुपभीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् ।दिनको उज्यालोमायी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् ।कम प्रकाश भएका स्थानमा एफ ११ को टेट्रासेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटो सेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।
एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ,विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागि एकादृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याक ग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलानगर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने,अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतियक्यामेरा क्षमताप्रदानगर्दै, यूवा उपभोक्तालाई जगत् तथाआफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here