वार्षिक १८३ प्रतिशत बजार वृद्धिका साथ रियलमी बन्यो युरोपको सफल स्मार्टफोन

Realme Smartphones
Share It On:

२७ वैशाख, २०७८ काठमाडौं  ।

विश्वमा तीव्र्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ । विश्वका १३ देशमा विक्री हुने मोबाइल फोन मध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।

सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा आफुलाई स्थापित गरेको छ, पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ । क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ । यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५औँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको छ । क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार चेक रिपल्बिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीसमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ ।

दक्षिणपूर्वी एसियामा रियलमी बजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिदै फिलिपिन्समा २३ प्रतिशत बजार शेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ । कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनोसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफल भएको छ । यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा आफूलाई पार्न सफल देखिएको छ ।

‘२०२१ को पहिलो त्रैमासिकमा बलियो बजार वृद्धिका साथ विश्वका विभिन्न स्थान, विशेषगरी पूर्वी युरोपमा आफ्नो बलियो छाप छाड्न सफल भएकाले गर्व महशुस भएको छ,’ कम्पनीका कार्यकारी निर्देशक सीईओ स्काई लीले भने, ‘यसले विश्वमै नम्बर वान स्मार्टफोनका रुपमा आफुलाई स्थापित गर्न रियलमी तयार देखिएको पुष्टि हुन्छ ।’ उनले चुनौतीदेखि उन्नतिसम्मको एजेण्डासहित अत्यधिक प्रतिस्पर्धाका साथ कम्पनी दू्रत गतिमा बजार विस्तार गरी युवापिँढीलाई सशक्तिकरण गर्नमा कम्पनी प्रतिवद्ध रहेको बताए ।

रियलमीको प्रदर्शनीबारे कमेन्ट गर्दै क्यानालिसका उपाध्यक्ष निकोल पेन्गले पछिल्लो एक वर्षको अवधिमा औषतमा हरेक तीन महिनामा ४५ प्रतिशतले बजार विस्तार गरेको बताउँदै प्रशंसा गरेका छन् । ‘विश्वव्यापी स्मार्टफोनको बजारमा नवीन कम्पनीका रुपमा रियलमीले व्यापक वृद्धि गरिरहेको छ,’ उनले भनेका छन्, ‘अघिल्लो वर्षको महामारीको समयभन्दा २७ प्रतिशतले बजार विस्तार सहित करिब ३ करोड ४७ लाख मोबाइल फोन कम्पनीले ढुवानी गरेको छ । उनले युवापिँढी माझ रियलमी व्यापक रुचाइएको बताएका छन् ।

२०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमा शीर्ष ५ स्थानमा रहेको छ र रिपोर्ट अनुसार भारत, ईन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार माग उच्च देखिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts