नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

President of Nepal Internet Foundation

२६ वैशाख, २०७८ काठमाडौं  ।

नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रम मार्फत नेपालमा सेल्फी विथ डटर अभियान सुरु गरिएको हो । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।

महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपालमा हिजोबाट औपचारिक रुपमा सुरु भएको छ । यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरि नेपालमा यो अभियान सुरु गरिएको हो ।

वर्षा भण्डारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत सुश्री तजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत सुश्री अवनेशी श्रीमलको उपस्थिति रहेको थियो । यस अभियानमा नेपाल र भारतको तर्फबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।

नेपाल इन्टरनेट फाउण्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।

नेपालको तर्फबाट आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढंगेल, ईशा श्रेष्ठ, सुधा जोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । सेल्फी विथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा अतिथिको रुपमा सहभागी पूर्व विज्ञान तथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यस्तै प्रस्तुतीहरुको क्रममा कल्पना श्रेष्ठले नेपाल इन्टरनेट फाउण्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फी विथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन । यो अभियानले सुरु गरेको प्रतियोगिताहो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् ।

यो अभियानको प्रतियोगिता हिजो अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।

यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१,००० रुपैयाँ नगद पाउनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल भएको सेल्फीले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित ११,००० रुपैयाँ नगद पाउनेछ । तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित ५१,०० रुपैयाँ नगद पाउनेछन् ।

‘बेस्ट सेल्फी विथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ । यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फी विथ डटर’ अभियानमा छनौट गरिनेछ ।

भारतको हरियाणा बीबीपुरबाट सुनिल जंगलानाद्वारा सुरु गरेको यो अभियान अहिले विभिन्न देशहरुमा प्रख्यात भईरहेको छ । कार्यक्रममा जंगलानाले यो अभियानले गर्दा भारतको हरियाणा देखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताएका थिए । सेल्फी विथ डटर अभियानले भारतमा आन्दोलनको रुप लिइसकेको जसकारण भारतको दुर्गम गाउँहरुमा पनि छोरी चेली तथा महिलाहरुमा धेरैनै परिवर्तन र अवसरको मौका पाएको पनि बताए ।

‘भारतको तर्फबाट यस अभियानलाई राष्ट्रपति भवनका उपनिर्देशक अन्जली बक्शी, राष्ट्रिय अर्वाड फिल्म मेकर, विभा बक्शी, पूर्व यूएसएडका सुनिल नन्दा, पूर्व सिईओ डा. कृष्ण बानखण्डे, पुजा सिंह र विभिन्न देशमा छरेर रहेका भारता मूलका सुमेल, रिचीले आ आफ्नो तर्फबाट सेल्फी विथ डटर अभियान मार्फत देशमा भईरहेका चेलीबेटी माथि भेदभाव, असमानता, दवावको विरुद्धमा आमूल परिवर्तनलाई सराहना गर्दै उत्साहवद्र्धक रहेको छ । ’ सुनिलले बताए ।

गायक रामधन गोस्वामीले छोरीहरुको भावनासँग मेल खाने गीत गाएर प्रोत्साहन गरेका थिए । नेपाल भारतबिच धेरै कुराहरु समानता भएकाले यस पहलले सहयोग पु¥याउने आशा गरिएको छ ।

उक्त कार्यक्रममा सानो उमेरकी दिव्यंशी गौडले सेल्फी विथ डटर अभियानमा आफ्नो परिचय दिदै मातृ दिवसको दिनलाई सम्बोधन गर्दै कविता वाचन गरेकी थिइन् ।

अन्त्यमा बिक्रम श्रेष्ठले यस अभियानले भारतमा आन्दोलनको रुप लिईसकेको र अब नेपालमा पनि यो अभियान आजबाट सुरु भएको बताउँदै यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्दै कार्यक्रम समापन भएको घोषणा गरे ।

यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग #selfiewithdaughter सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here