टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा ओपो छैठौँ स्थानमा

OPPO Global Rank

२७ वैशाख, २०७८ काठमाडौं  ।

टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा ओपो छैठौँ स्थानमा ईमर्जिङ मार्केट्स अन्तर्गत दोस्रो स्थानमा पर्न सफल ओपोद्वारा उल्लेखनिय ब्राण्ड पावर परफरमेन्स प्रदर्शित

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ ¥याकिंग रिपोर्ट सार्वजनिक गरिएको छ । सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ । विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर बृद्धि हुँदै ३०% भन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदयिमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ । अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ बर्षदेखि ओपो सूचिमा सम्मिलित रहँदै आएको छ । साथै, कम्पनीको ¥याङ्किंग प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ ।

टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा उल्लेखनिय ब्राण्ड पावर परफरमेन्स प्रदर्शित गर्दै ओपो छैठौँ स्थानमा पर्न सफल

कार्यक्रममा उदयिमान बजारहरुमा अवसरको अन्वेषण शिर्षक बोल्दै, ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचिमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ । विदेशी बजार प्रवेश गरिरहेका चिनिया ब्राण्ड मध्य ओपोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ । ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने छौँ ।’
चाईना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओपोको उपलब्धिका लागि बधाई दिँदै सम्मान ब्यक्त गरे । ‘चिनिया ब्राण्डको प्रभाव विश्वब्यापी रुपमा बढ्दो छ । अझ धेरै चिनिया ब्राण्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्राण्डलाई अन्तरराष्ट्रिय मञ्चमा अझ माथी उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ । यस बर्ष सूचिमा ओपोले उत्कृष्टता प्रदर्शित गर्न सफल भएको छ । ग्लोबल अन्तरदृष्टि तथा संसाधनको जैविक संयोजन मार्फत आफ्ना विश्वभरका उपभोक्ताका स्थानिय आवश्यकताको सम्बोधन गर्ने ओपोको क्षमतालाई हामीले नजिकबाट नियालेका छौँ ’, गु्रप हेड शनशान शेङ्गले भने । क्यान्टार ब्राण्डजी ब्राण्ड ईक्विटी र मूल्यांकन ज्ञान र अन्तरदृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो । यसले विश्वभरका ११ बजारहरुमा रहेका ८ लाख ६० हजार उपभोक्ताको सोध मार्फत उद्देश्यपूर्णरुपमा विश्वब्यापी उपभोक्ताहरुको मस्तिस्कमा ब्राण्डको भ्यालू प्रस्तुत गर्दछ ।

सन् २००९मा अन्तरराष्ट्रिय अपरेशन सुरु गरेदेखि हाल आपोले आफ्नो आधिकारिक उपस्थिती विश्वब्यापी ६ महाद्विपमा रहेका ४० बजारमा जनाइसकेको छ । आईडीसीका अनुसार विश्वमै चौठौँ स्थान हात पार्दै सन् २०२१को पहिलो क्वार्टरमा ओपोले विश्व मार्केट सेयरको १०.८% हिस्सा ओगटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here