रियलमीद्धारा 5G विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा

Realme-5G

८ वैशाख २०७७, काठमाडौं ।

प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले 5G विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा 5G लाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओलीले घोषणा पत्रमा नयाँ योजनाका रुपमा 5G को अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।

लीका अनुसार रियलमीले आफ्नो 5G प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्ड सेटिङ डिजाइन सहितका सुलभ 5G  उत्पादनहरुलाई ७० प्रतिशत ग्राहक वर्गमाझ पु¥याइ सक्ने लक्ष्य लिएको छ । पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका छन् उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त छन् प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।

यसैगरी रियलमीले विशेष गरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा 5G समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशतखोज तथा अनुसन्धानको स्रोत साधन सहित थप ३ करोड अमेरिकी डलर छन् प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूत गतिमा 5G नेटवर्कको विस्तार गरिरहेको छ । पहिलो पटक २०१९ जनवरीमा छन् नेटवर्क सहितको ‘एक्स ५० 5G’  सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा 5G सिरिजकास्माट  फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राजगर्न पनि सफल भएका छन् ।

सीईओ लीद्वारा गरिएको गरेको खुलाघोषणा पत्र : ‘चुनौतीदेखि उन्नति’का लागि  5G अँगिकार

“महामारीको समयमा प्रविधि मार्फत हामीहरु एक अर्कासँग कुरागर्न र सम्पर्कमा रहनका लागि छन् प्रविधिको विकासले थप गति दिएको छ । विशेष गरी युवा पुस्ताहरुका लागि कुशल, निर्बाध र एक आपसमा जोडिरहने जीवन शैलीलाई  5G ले सहज बनाएको छ, जुन उनीहरुले गरिरहेको अपेक्षा नै हो । रियलमीे युवा पुस्तालाई नयाँ शैलीको प्रविधि युक्त उत्पादन प्रदान गर्न समर्पित भएर लागि परेको छ, रियलमी विश्वास गर्छ कि 5G प्रयोगको तिव्रता ल्याउन यसले मद्दत गर्दछ र यसमा हामीगर्व गर्छौँ । अबको 5G युगमा हामी यथास्थितिलाई चुनौती दिँदै नयाँ अन्वेशषणको खोज जारी राखी भविष्यका लागि 5G नेटवर्कको युग निर्माणमा हामी समर्पित भएर लागेका छौँ ।

5G स्मार्टफोनको अँगिकार वृद्धि

चीनमा सर्वप्रथम जनवरी २०१९ मा रियलमी एक्स ५० सिरिजमा छन् सार्वजनिक गरेयता विश्वमा रियलमीको बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्य कम्पनीका रुपमा रियलमीले 5G विस्तारका लागि कामगरिरहेको छ, सबै मूल्यका सिरिजहरुमा 5G नेटवर्क समावेश गरी नेतृत्वदायी कम्पनीका रुपमा रियलमी देखा परेको छ । विगत दुई वर्षमा 5G नेटवर्कका क्षेत्रमा बलियो प्रतिस्पर्धीका रुपमा देखा परी बजार विस्तारमा रेकर्ड बनाउन हामी सफल भयौँ, यसरी विश्वभर 5G विस्तार गरी लोक प्रिय बनाउन नेतृत्वदायी कम्पनी हामी बनेकोमा यसमा गर्वान्वित छौँ ।

आगामी दिनमा फाभइजी विस्तारका लागि लामो यात्रा बाँकी नै रहेको छ, यद्यपि, हामी यसमा महत्वपूर्ण सफलता हाँसिल गर्न निरन्तर लागि रहेका छौँ, ताकी विश्वमा नयाँ पुस्ताका धेरै भन्दा धेरै प्रयोगकर्ता माझ 5G नेटवर्क पु¥याउन सकियोस् ।

आगामी दुई वर्षमा हामी आफ्ना ७० प्रतिशत प्रयोगकर्ता माझ 5G नेटवर्क पु¥याउने लक्ष्य सहित अघि बढेका छौँ, विशेषगरी भारततथा दक्षिण एसिया र युरोपको बजारमा 5G उत्पादन  पु¥याउने लक्ष्य हाम्रो रहेको छ । यी क्षेत्रमा 5G उत्पादनको बजार स्थापित गरिसके पछि हामी विश्वभरका अन्य हाम्रा ६० वटा बजारमा 5G विस्तार गर्नेे योजना बनाएका छौँ ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर मुख्य सातवटा 5G समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी १० देखि १५ वटा बजारमा २०२१ सम्म 5G नमुना परीक्षण योजना अघि सारेको छ । यसका लागि कम्पनीले ९० प्रतिशत खोज तथा अनुसन्धान स्रोत साधन सहित थप ३ करोड अमेरिकी डलर 5G प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।

हामीलाई थाहा छ कि वृहत् छन् ईको सिस्टम बनाउनु भनेको प्रविधिका लागि थप महत्वपूर्ण उपलब्धि हो । यसकारण रियलमी केबल आफ्ना उत्पादनमा 5G विस्तारित गर्न मात्र नभएर 5G  नेटवर्कका लागि आवश्यक संरचना निर्माणमा पनि हामी त्यति नै महत्वका साथ लागिरहेका छौँ । यसका लागि उद्योग, टेलिकम अपरेटर, इन्टरनेट प्रदायक र एप निर्माण कर्तासँग सहकार्य गरी नयाँ अन्वेशषण सहित प्रयोगकर्ता माझ उच्चस्तरीय नयाँ अनुभूति प्रदान गर्नका लागि पनि त्यति नै प्राथमिकताका साथ लागिरहेका छौँ ।

रियलमीका 5G उत्पादनले नयाँ पुस्ता सशक्तिकरण

डिजिटल समाजमार्फत नयाँ साथी बनाउन, विषय वस्तु शेयर गर्ने लगायतका प्रविधि युग पुस्ता (जेनेरेसनजेड् ) को संख्या बढ्दो छ । यसैलाई मध्यनजर गरी युवा पुस्तालाई विशेष प्राथमिकतामा राखेर रियलमीले उनीहरुको एक आपसमा प्रविधि मार्फत जोडिएको जीवन शैलीलाई अझ स्मृति जन्य बनाउन स्मार्ट फोन र एआई ओटी उत्पादनलाई उच्चस्तरीय बनाउन कुनै सम्झौता गरेको छैन ।

रियलमीले अनलाइनको माध्यमबाट विश्व समुदायलाई 5G मार्फत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ, युवा पुस्ताको गुनासो सम्बोधनका लागि हाम्रो नेतृत्वले विश्वविद्यालयका विद्यार्थीसँग उनीहरुको राय पनि लिने गरेको छ । हामीले त्यसलाई प्राथमिकताका साथ सुनेर सम्बोधन गर्दै आएका पनि छौँ ।

धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूति युक्त 5G प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । रियलमीले उनीहरुले चाहे अनुसारको प्रविधिको जीवन शैली अनुभूति गर्न पाउने गरी विभिन्न गेम, लाइभ ब्रोडकास्टिङ र भिडियो स्ट्रिमिङका साथ एपका परि दृश्यहरु राखेको छ ।

5G मार्फत उत्पादनको डिजाइन र प्रर्फमेन्समा छलाङ्

4G बाट 5G युगमा प्रवेश आवश्यक ठहरि सकेको थियो तर यसका लागि उत्पादनको डिजाइन, निर्माण, नेटवर्क अनुभूति, प्रदर्शन, ऊर्जा खपत, अनुकूलता आदिको समायोजन पनि आवश्यक थियो । यी अनुकूलतालाई केन्द्रमा राखेर हामीले 5G सेवा प्रदानका लागि नवीन, अत्याधुनिक प्रविधि, असाधारण प्रदर्शन, ट्रेन्डसेटिङ डिजाइन आदिलाई हामीले विशेष ख्याल दिएका छौँ ।

संस्करणात्मका सुधारका साथ पछिल्लो 5G प्रोसेसर अनुकूल एन्टेना डिजाइन र सूचना प्रसारण मोड्युल र सफ्टवेयर सिस्टममा व्यापक विकासका साथ विभिन्न सिरिजमा रियलमीले तीव्र, स्थिर नेटवर्क अनुभूतिका साथ बजारमा आफ्नो उपस्थिति जनाएको छ । न्यूनतम ब्याट्री खपत, शक्तिशाली प्रदर्शनका साथ रियमली विभिन्न फरक ब्यान्ड् फ्रिक्वेन्सीका साथ विश्वभर उपलब्ध छ ।

आउँदा दिनमा रियलमी ड्राइभ र सुविधालाई निरन्तरता दिँदै छन् ग्रहण गरी कुशलता र प्रविधि मार्फत जोडिएको समाजमा विश्वभरी हाम्रा प्रयोगकर्ताहरुको प्रविधियुक्त जीवन उत्साहपूर्ण र उज्जवल बनाउन नयाँ सम्भावनाका साथ उपस्थित हुने प्रतिवद्धता गर्दछौँ । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here