क्यान इन्फोटेक २०२१ अर्को निर्णय नभए सम्मको लागि स्थगित 

can infotech-postpone
Share It On:

७ वैशाख २०७७, काठमाडौं ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण यो पटक मिति २०७८ साल बैसाख २८ गते देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापक रुपमा फैलिएको, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२१ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरु संगको परामर्श तथा क्यान महासंघको मिति २०७८ साल बैशाख ५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको छ ।

क्यान इन्फोटेक २०२१ को तयारीको क्रममा सहयोग पुरयाउनु हुने सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै क्यान इन्फोटेक २०२१ स्थगितका कारण पर्न गएको असुविधा प्रति संबंधित सबैसंग क्यान महासंघ क्षमा प्रार्थी छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *