एच आर फेस्टिभल २०२० भव्यताका साथ सम्पन्न

Real HR soft Version 2.0 Launched

काठमाडौं, पुस २९

नेपालको मानव संसाधन क्षेत्रको इतिहासमा,  नेपालमै पहिलो पल्ट, मानव संशाधनको आवश्यकता बारे जनचेतना जगाउने उदेश्यले, उद्योगी, ब्यापारी, मानव संसाधन विज्ञ तथा अभ्यासकर्ता, संस्थाका प्रमुखहरुलाइ लक्षित गरि रियल सल्युसंस, मेरो जब, रोजगारी सर्भिसेस तथा आयुलोजीकको संयुक्त आयोजनामा काठमाडौं स्थित हायात होटलमा एचआर फेस्टिभल २०२० समारोह आयोजना भएको छ।

कार्यक्रमका प्रमुख अतिथि माननीय श्रम मन्त्रि रामेश्वर राय यादव ज्युले स्किल्स फोर इमप्लोइमेन्ट प्रोग्राम (सीप) का टीम लीडर,  बल जित वोहरा र रोजगारी सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीका साथ रोजगारी सर्भिसेसको नयाँ वेबसाइट र एप आधिकारिक रूपमा सुरूवात गर्नु भ​एको थियो। रोजगारी सर्भिसेसको नयाँ वेबसाइट र एप, युके एड स्किल्स फोर इमप्लोइमेन्ट प्रोग्राम (सीप) को साथ साझेदारीमा शुरू गरिएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय मानव संसाधन संजाल भएको संस्था सोसाइटि अफ ह्यूमन रिसोर्स म्यानेजमेन्ट भारतका तर्फ बाट  रुना मैत्राले नेपालका मानव संसाधन अभ्यास्कर्ताहरुले सर्टिफ़िकेसन कोर्स लिएर अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्राप्त गर्न सक्नु हुने जानकारी गराउनु भयो। त्यसैगरि शैलेन्द्रराज गिरी र आयुलोजीकका व्यवसाय निर्देशक राजेश श्रेष्ठद्वारा नयाँ ईन्टरफेस र थप विशेषताहरु सहित Real HR soft Version 2.0 को सुरूवात गर्नु भएको थियो।

कार्यक्रममा आयोजित एक समारोह बिच रियल सल्युसनका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले र मर्सरमेटलका व्यवसाय प्रमुख अमित दास द्वारा सम्झौता पत्रमा हस्ताक्षर भ​एको थियो। मर्सरमेटल एक विश्वव्यापी मान्यता प्राप्त अनलाइन प्रतिभा मूल्यांकन प्रदाता हो। मर्सरमेटलले सही सीप आकलन गर्नको लागी बहुमूल्यांकन उपकरणहरुको उपयोगद्वारा समग्र मूल्यांकन प्रदान गर्दछ। सोहि सेवा नेपालमा प्रदान गर्ने उद्देश्यले रियल सल्युसन र मर्सरमेटलको बिच सम्झौता भएकोहो।

कार्यक्रममा बिभिन्न स्टलहरु रखिएको थियो जहा सहभागीहरुले एच आर सम्बन्धि ज्ञान प्राप्त गर्दै मनोरंजन युक्त क्रियाकलापमा पनि सहभागी भएक थिए।

शैलेन्द्रराज गिरीले कार्यक्रम सफलताका सम्पन्न भएको जानकारी गराउनु भयो। उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका गरि करिब ५०० जना उद्योगी, ब्यापारी, मानव संसाधन विज्ञ तथा अभ्यास कर्ताको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here