मोबाइल टावरमा क्षति नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

Nepal Telecom Authority

२९ पुस, काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यक सेवा प्रभावित भएको उल्लेख गर्दै त्यस्तो कार्य बन्द गर्नआग्रह गरेको छ ।

‘विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षती पुर्याई सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here