ग्लोबल आइएमई बैंकले गर्यो पक्षघात समुहलाई सहयोग

Share It On:

२७ पौष  २०७६, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल (Spinal Cord Injury Network Nepal)लाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *