राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी Connect-IPS मार्फत

RBS MoU NCHL
Share It On:

३ भदौ २०७८, काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अन्लाईनबाटै Connect-IPS प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक  कवि प्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अन्लाईनबाटै आफ्नो बैंक / वित्तिय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *