सनराइज बैंकको ‘नारी बचत खाता’ सञ्चालनमा

sunrise nari bachat

१ भदौ २०७८, काठमाडौं ।

आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सन्राइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ ।

यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अन्र्तगत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिने भएको छ ।

प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन् ।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५% वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

साथै सन्राइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५% Basis point को छुट दिने समेत बैंकले जनाएको छ ।

हालको समयमा नारीहरु अझ बढि आधुनिक र स्मार्ट बन्न अति आवश्यक छ । नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here