राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सदस्यहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न

Rastriya Banijya Bank Financial Literacy
Share It On:

२६ भदौ, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले मंगलबार कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

कोशी प्रदेश सभाको सहकार्यमा तथा विफक्याब संस्थाको समन्वयमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए।

कार्यक्रममा सभामुख अम्बर बहादुर विष्टले ब्याजदर स्थिर नभए व्यवसायीहरु पलायन हुन सक्ने चेतावनी दिदै यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिएका थिए। उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहमा नै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइन्।

कार्यक्रममा पैसाको महत्त्व, ब्याजदरको भूमिका, वित्तीय नीति, र रोजगारी लगायतका विषयमा प्रदेश सभा सदस्यहरूले जिज्ञासा राखेका थिए। यस प्रकारको वित्तीय साक्षरता कार्यक्रमले प्रदेश सभा सदस्यहरूलाई अर्थतन्त्रको गहिरो समझ बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

For more: Rastriya Banijya Bank Financial Literacy Program


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts